घाँस काट्न गएका पाँच बालिकासहित सात जना सम्पर्कविहीन, बन्धक बनाइएको आशंका
महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्।
दिउँसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान सम्पर्कविहीन भएका हुन् ।
दिउँसो घाँस काट्न गएका उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए । उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको उनले बताए ।
बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए। भंगहा सशस्त्र बेस क्यापबाट पनि प्रहरी खटिएको छ।
१८ चैत २०७७, बुधवार ०७:५० बजे प्रकाशित












