अछाममा भकारी परियोजना लागू गरिने

अछाममा भकारी परियोजना लागू गरिने भएको छ । जिल्लाका १३ ओटा वडामा परियोजना लागू गरिने भएको हो  । 

कर्णाली जलाधार क्षेत्रमा रहेका संकटासन्न तथा सामाजिक वञ्चितीकरणमा परेका घरधुरीको खाद्य सुरक्षा र उत्थानशीलता क्षमता अभिवृद्धि गर्ने हेतुले परियोजना लागू गर्न लागिएको बताइएका छन । 

परियोजनाले ३ वर्षसम्म कर्णाली नदीको आसपासमा रहेका अछामसहित सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लाका अति विपन्न २२ हजार ३ सय ५० घरधुरीलाई लक्षित गरी १ करोड ५० लाख डलर लगानी गर्ने जनाइएको छ । अछाममा युएसएड र मर्सीकोरको सहयोगमा वाक नेपालले परियोजना सञ्चालन गर्न लागेको हो ।

 


१५ चैत २०७७, आइतवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु