बैतडीमा गोली लागेर घाइते भएका चन्दलाई काठमाण्डौं लगियो

बैतडीमा गोली लागेर घाइते भएका लक्ष्मण चन्दको कोहलपुरमा उपचार सम्भव नभएपछि काठमाण्डौं रेफर गरिएको छ।

शनिबार जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ३ ढडौनका लक्ष्मण चन्द शुक्रबार राती गोली लागेर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार चन्दले आँफैले आँफैलाई गोली प्रहार गरेको बुझिएको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।

घाँटीमा गोली लागेका चन्दलाई शनिबार जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो।


१५ चैत २०७७, आइतवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु