बाघको छाला खप्पर र दारा सहित एक जना पक्राउ
बाघको छाला खप्पर र दारा सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
दैलेख आठबिस नगरपालिका ३ का ४९ बर्षका बिनि प्रसाद जैसीलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई कैलालीको मोहन्याल गाउँपालिका ७ पितमारिमा संघीय इकाइ प्रहरी कार्यालयको सादा पोसाकका प्रहरी टोलिले पक्राउ गरेको हो ।
उनको साथ बाट बाघको छाला एक थान, छुट्टै बाघको खप्पर १ थान र दातको दारा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
१५ चैत २०७७, आइतवार ०९:४९ बजे प्रकाशित












