माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । आज कालीमाटीस्थित एक ब्यांक्वैटमा बैठक चलिरहेको छ ।

यो समूहको बैठक हिजो पनि बसेको थियो । केही घण्टा चलेर हिजो सकिएको बैठक आज पनि बसिरहेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बोलाएको संसदीय दलको बैठकमा सहभागी भएको यो समूहले थप योजना बनाउन छलफल गरिरहेको छ ।

हिजोकै बैठकको निरन्तरता हो । कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिरहेका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी गराए । २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार, यो समूहले २ जेठ २०७५ अगाडिकै पार्टी संरचना र विधान बमोजिम बैठक बस्नुपर्ने यो पक्षले अडान लिदै आएको छ । आफूले गरेका कुनै पनि निर्णय फिर्ता नलिने अडानमा रहने ओलीले बताए ।


१४ चैत २०७७, शनिवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु