प्रचण्ड भने- ‘ओलीलाई दिएको समर्थन केही दिनमा फिर्ता हुन्छ’
नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनमा नै फिर्ता लिने बताएका छन्।
नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनका अनुसार हत्त न पत्त समर्थन फिर्ता नलिन ममाथि दबाब रहेको छ।
समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका अध्यक्ष प्रचण्डले बताए । अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न नसकिो उनले बताए । राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको समेत उनले बताए।
जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत उनले बताए। विगतमा जे परिर्वतन भए त्यसलाई उल्टाउन यो नियोजित रुपमा आएको हो भन्ने मलाई लागेको छ। हामी सबै आन्दोलनमा आएको हो।
सेटिङ भएको छ भनेर प्रधानमन्त्रीका मानिसले भन्दै आएका थिए। जनताले अगाडी आएपछि भत्कन्छ भनेर मैले भनेको थिए। हामी जनता एक भएर अघि बढ्यो त्यो सेटिङ भत्क्यो। यही कारण पुनःस्थापना भयो,ु उनले भनेका थिए।
प्रतिनिधि सभा पुनःस्थापना पछि ओलीले राजीनामा दिने आफूहरूलाई लागे पनि त्यसो हुन नकसेको उनले बताए। हामी सजिलै यो ब्याटल जितेको भनी रिल्याक्स गरेका थियौ। दोस्रो योजना हामीले नबाएकै हो। यो सबै परिर्वतन उल्टाउने षड्यन्त्र भएको छ। हामीले जे सोचेका थियौ त्यो भएन।
१४ चैत २०७७, शनिवार १५:४१ बजे प्रकाशित













