आज पनि घट्यो सुनको मूल्य

बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ८६ हजार सात सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ५० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


१० चैत २०७७, मंगलवार ११:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु