माओवादी केन्द्रले सर्वोच्चको फैसला पुनरवलोकनका लागि याचिका दायर गर्ने
नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलामा पुनरवलोकनमा जानुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि माओवादी केन्द्रले याचिका दायर गर्ने भएको छ ।
नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसला पुनरवलोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी गराए ।
सचेतक गुरुङका अनुसार माओवादी केन्द्रले आज सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेको बताए । छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागीका थिए । उनीहरुले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाएको उनले जानकारी गराए।
१० चैत २०७७, मंगलवार ११:५४ बजे प्रकाशित












