भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
नेपाल सरकारले छिमेकी राष्ट्रहरूमा कोभिड – १९ सङ्क्रमण बढेकाले देशभर कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको छ।
देशभर सभा, जुलुस,भेला, जमघट,गोष्ठी, सेमिनार लगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । त्यस्तैगरी अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुनेलगायत कार्यहरू गर्नसमेत सरकारले अनुरोध गरिएको छ। पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतमा कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।
८ चैत २०७७, आइतवार १८:१० बजे प्रकाशित












