कैलालीमा ‘बम’ जस्तो देखिने शंकास्पद वस्तु फेला

कैलालीमा ‘बम’ जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको टीकापुर नगरपालिका–१ मनुवारोडस्थित भित्री सडकखण्डमा उक्त वस्तु फेला परेको हो ।

उक्त स्थानमा डोजरले नाली खन्ने क्रममा स्टीलको डब्बाभित्र प्लास्टिकले बेरेर राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। उनले अहिले उक्त स्थानलाई प्रहरीले घेराबन्दी गरेर अनुसन्धान थालेको बताए ।


८ चैत २०७७, आइतवार १८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु