श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ
डडेल्धुरामा श्रीमतीको हत्या गरेको आरोपनमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर५ ठाँटाका २९ वर्षीय श्याम साउँद २८ वर्षीय श्रीमती मनिषा साउँदको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार आरोपीत श्याम साउँदले काठले हिर्काएर उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
साउँदले श्रीमतीको हत्या गरेर आफैँले स्थानीय प्रहरी चौकीमा फोनबाट खबर गरेको प्रहरीले जनाएको छ ।
शनिबार श्रीमतीको हत्या गरेका साउँदलाई प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गएको छ ।
८ चैत २०७७, आइतवार १४:५२ बजे प्रकाशित













