माधव समूहद्वारा युवा संघको समानान्तर कमिटी गठन, अध्यक्षमा शाही

माधव नेपाल पक्षीय युवासंघले नेतृत्व चयन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गठन गरेको युवासंघको समानान्तर कमिटी गरेको हो। नेपाल समूहले नरेशकुमार शाहीको नेतृत्वमा ५० सदस्यीय युवासंघ गठन गरेको छ।

नेपाल समूहको युवासंघको वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटीलाई जिम्मेवारी दिएको छ । उपाध्यक्षमा आठ जना चयन भएका छन्।

महासचिवको जिम्मा दीपक जीएमलार्ई दिएको छ । भने महासंघको उपमहासचिव पदमा आठ जनालाई जिम्मेवारी दिइएको छ । सचिव पदमा २९ जनालाई जिम्मेवारी दिईएको छ ।


८ चैत २०७७, आइतवार १५:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु