सुनको मूल्य आज पनि बढ्यो

बजारमा आज पनि सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार दुई सय पुगेको छ ।

सुन शुक्र प्रतितोला ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ८० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


८ चैत २०७७, आइतवार ११:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु