देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभरमा कुल कोरोना संक्रमिणको संख्या २ लाख ७५ हजार ७५० पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२३ जना कोरोना संक्रमण निको भएर घर फर्केका छन् । देशभरमा हालसम्म २ लाख ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार १६ पुगेको छ । आज कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयको जनाएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १००१ रहेको छ ।


६ चैत २०७७, शुक्रवार १६:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु