मोटरसाईकल दुुर्घटना हुँदा डडेल्धुरामा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा डडेल्धुरामा १ जनाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका वडा १२ स्थित जोगबुडा–पन्तुरा सडक खण्डमा से ७ प ८४२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका २० वर्षीय सन्तोश बिकको मृत्यु भएको हो।

मृतकको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।


६ चैत २०७७, शुक्रवार १४:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु