घुससहित पक्राउ परेका मालपोत अधिकृत काठमाडौँ पठाइदै

कञ्चनपुरमा घुस रकमसहित रंगेहात पक्राउ परेका मालपोत अधिकृत  लोकराज जोशीलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बिहीबार घुस रकमसहित पक्राउ गरेका मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत जोशीलाई काठमाडौँ पठाउन लागेको हो।

प्रकाउ परेका जाेशीलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइरहेको अख्तियार महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले जानकारी गराए।

जोशी जग्गाको हाल साविक र कित्ता काटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित बिहीबार पक्राउ परेका थिए।


६ चैत २०७७, शुक्रवार ०९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु