मालपोत कार्यालय कञ्चनपुरका अधिकृत घुस रकमसहित पक्राउ
कञ्चनपुरस्थित मालपोत कार्यालय महेन्द्रनगरमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
आज दिउँसो सेवाग्राहीबाट घुस रकम लिइरहेको सूचनाको आधारमा आयोगको टोलीले मालपोत अधिकृत जोशीलाई २४ हजार नगद घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिश्चन्द्र जोशीका अनुसार पक्राउ परेका मालपोत अधिकृत जोशीमाथि थप अनुसन्धान अगाडि बढाइएको छ ।
५ चैत २०७७, बिहीवार १८:०९ बजे प्रकाशित












