कञ्चनपुरमा ७३ क्यूफिट अवैध काठ बरामद
कञ्चनपुरमा चोरी गरेर ल्याइएको ७३ क्यूफिट अवैध काठ बरामद गरिएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–७ का ४२ वर्षीय यज्ञबहादुर खड्काको घरबाट ७३ क्यूफिट काठ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको र डिभिजन वन कार्यालय अत्तरियाका सहायक वन अधिकृतसहितको टोलीले बरामद गरेको हो।
कैलालीको गोदावरी नगरपालिका–३ महिला सामुदायिक वन चौकी डाँडाबाट अवैध रुपमा काठ ल्याएको भन्ने सूचनाका आधारमा खड्काको घरबाट काठ बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीका अनुुुसार बरामद काठ आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय अत्तरिया कैलाली पठाइएको छ ।
५ चैत २०७७, बिहीवार १७:५८ बजे प्रकाशित












