युवक हत्याको आरोपमा दार्चुलामा ४ जना पक्राउ
दार्चुलाका युवकको हत्यामा संलग्न रहेको आरोपमा दार्चुलाका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्या गरेको आशंकामा उनीहरुलाई पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदअनुसार अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरुको नाम खुलाउन मिल्दैन।
गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्री मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भँगालोमा मृत भेटिएकाे प्रहरी निरीक्षक साउदले जानकारी गराए ।
३ चैत २०७७, मंगलवार ११:५० बजे प्रकाशित































