punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उद्घाटन नहुँदै खरानी बन्यो करोडौं लगानीको फर्निचर उद्योग

Chaupati
safha napa

धनगढीमा करोडौं लगानीमा सञ्चालनमा आउन लागेको फर्निचर उद्योगमा आगलागी हुँदा क्षणभरमै खरानी बनेको छ ।

यसै महिनाभित्रै उद्घाटन गर्ने तयारीमा रहेको चटकपुरस्थित आलोक मल्टी कन्सर्नमा शनिबार भीषण आगलागी हुँदा उद्योग जलेर क्षणभरमै खरानी भएको हो ।

आगलागी भएपछि समयमै दमकल नआउँदा उद्योग ध्वस्त हुनपुगेको हो । आगलागी भएलगत्तै स्थानीयले दमकललाई खबर गरेपनि समयमा दमकल आउन सकेन । आगो लागेको करिब पौने घण्टापछि मात्रै केही मात्रामा पानी लिएर दमकल घटनास्थल पुगेको थियो ।

चार किलोमिटरको दुरीमा रहेको धनगढी उपमहानरपालिकाको दमकल भन्दा अगाडि गोदावरी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो । धनगढी उपमहानगरपालिकाको दुईवटा दमकल, गोदावरीको एउटा कञ्चनपुरको पुनर्वास नगरपालिकाको एउटा दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाबाट पनि दमकल आएको थियो । तर, धनगढी नपुग्दै आगो नियन्त्रणमा आइसकेको थियो । आगलागी भएको स्थानबाट नेपाल आयल निगमको डिपो करिब १०० मिटरको दुरीमा मात्रै रहेको छ । यदि आलय निगमसम्म आगो पुग्न सकेको भए अवस्था भयावह हुनसक्ने स्थानीय बताउँछन् ।

आगलागीबाट ठूलो क्षति भएको छ तर यकिन नभइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । घटनाको विवरण संकलन भइरहेको उनले बताए ।

स्थानीयकाअनुसार भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको फर्निचर उद्योगमा दिउँसो १२ बजेको आसपास आगो सल्किको हो । उद्योगमा के कारणले आगलागी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।


२२ फागुन २०७७, शनिवार १७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु