फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा
कैलालीको धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टि कन्सर्न फर्निचर उद्योगमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।
अझै तीन करोड रुपैयाँ लगानीका सो फर्निचर उद्योग सञ्चालन गरिएको थियो । त्यसको अझै पनि औपचारिक रुपमा उद्घाटन भइसकेको छैन । उद्घाटन नहुँदै करोड लगानीको फर्निचर उद्योग खरानी बनेको छ । आगलागीको कारण अहिलेसम्म खुलिसकेको छैन ।
२२ फागुन २०७७, शनिवार १४:३१ बजे प्रकाशित













