विप्लव नेकपा समूहका नेता तथा कार्यकर्ता रिहा हुन थाले

सरकारसँग भएको वार्तापछि तीन बुँदे सहमति भएसँगै जेलमा रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा कार्यकर्ता रिहा हुन थालेका छन् ।

काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले काभ्रेबाट ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला शुक्रबार रिहा भएको छ ।

आगजनी तथा संगठित अपराध मुद्दामा ११ दिनदेखि काभ्रेमा बन्दी रहेका बास्तोलालाई श्रीमती हिमा बास्तोलाको जिम्मा लगाइएको प्रहरीले बताएको छ। उनलाई २९ पुसमा मकवानपुर र ललितपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको छ ।


२१ फागुन २०७७, शुक्रवार १३:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु