भारतमा करेन्ट लागेर अछामकी एक महिलाको मृत्यु
भारतको हैदरावादमा करेन्ट लागेर अछामकी एक महिलाको मृत्यु गएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली घर भई हाल भारत हैदरावादमा रोजगारी गर्दै आएकी २१ बर्षकी जानकी बोगटीको करेन्ट लागेर मृत्यु गएको हो ।
बुधबार साँझ बिल्डिङको बाहिर बरण्डामा सुकाउन लगाएका लुगा निकाल्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर ज्यान गएको उनका श्रीमान तिल बहादुर बोगटीले जानकारी गराए । अछामको कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैन माईती घर भएकी जानकीको करिब २ बर्ष पहिले बिवाह भएको थियो ।
२० फागुन २०७७, बिहीवार ११:३२ बजे प्रकाशित













