विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पढाइमा समस्या

विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पढाइमा समस्या हुन थालेको छ ।

डोटीको केआई सिंह गाउँपालिका ४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको हो ।

बिद्यालयका कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ समस्या भएको छ ।
बेहोस हुने छात्राहरु बिद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेको तर विद्यालयबाट फर्केपछि आफैं ठीक हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर खड्काले जानकारी गराए ।

यस्तो समस्या आएपछि विद्यालयले एकजना स्वास्थ्यकर्मी नै राखेको उनले बताए  स्वास्थ्यकर्मीले पनि छात्राहरुमा देखिएको समस्याबारे पत्ता लगाउन सकेका छैनन् । ती छात्राहरुका अभिभावकहरुलाई बोलाएर उनीहरुको उपचार गराउन सल्लाह दिएको अध्यक्ष खड्काले जानकारी गाराए ।

दुर्गामाण्डौं स्वास्थ्य चौकी वायलका इन्चार्ज भीष्मराज पाण्डे का अनुसार उनीहरुमा माक्स कन्भजन डिस्अर्डर जस्तो समस्या देखिए छ । उनले यो मानसिक रोग भएकाले उनीहरुलाई सान्त्वनाको जरुरत रहेको उनको जनाएका छन ।

 


२० फागुन २०७७, बिहीवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु