विप्लवसँग छिट्टै वार्ता हुन्छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता हुने बताए।
आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए।
अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्ने प्रधानमन्त्री ओलीले जानकारी गराए ।
१६ फागुन २०७७, आइतवार १६:३२ बजे प्रकाशित












