बैतडीमा चितुवा मृत फेला

बैतडीको सुर्नयामा चितुवा मृत फेला परेको छ । सुर्नया गाउँपालिकाको वडा नम्बर ३ स्थित बकजेवलामा चितुवा मृत अवस्थामा फेला परेको हो ।

मृत चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत चितुवालाई आइतबाचर बिहान प्रहरी टोली र डिभिजन वन कार्यालय बैतडीको टोलीले वन कार्यालय ल्याएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

डिभिजन वन कार्यालय बैतडीका अनुसार प्रहरी, पत्रकार तथा वन पदाधिकारीहरुको बैठक बसी मृत चितुवाको व्यवस्थापन गरिएको छ ।


१६ फागुन २०७७, आइतवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु