नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यससँगै देशभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०४७ जना पुगेको छ।

अध्यावधिक गरेको पछिल्लो विवरण अनुसार २४ घण्टामा देशभर १६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । देशभर कोरोनाबाट मुक्त हुनेको संक्रमितको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १७३७ जनामा कोरोना पुुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


२७ माघ २०७७, मंगलवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु