punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा गुटखा बिक्री वितरणमा प्रतिबन्ध लगाउन माग

Chaupati
safha napa

विवेकशिल साझा पार्टीले धनगढीमा गुटखा बिक्री वितरणमा रोक लगाउन माग गरेको छ।

विवेकशिल साझा पार्टी कैलाली जिल्ला अभियान विभागले आज धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो ।

गुटखाजन्य पदार्थका कारण धनगढी उपमहानगरपालिका क्षेत्र फोहोरले बढेर कुरुप बन्दै गएको भन्दै गुट्खा प्रतिबन्ध गर्न माग गरिएको अभियान विभाग संयोजक सुरेन्द्र शाहले बताए।

संविधानअनुसार स्वच्छ वातावरणमा बस्न पाउने अधिकारलाई सुनिश्चित हुनुपर्ने उनले बताए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख वडले संघीय सरकारसँग छलफल गरि उचित निर्णय लिने प्रतिबद्धता जनाएका छन्।


२७ माघ २०७७, मंगलवार १४:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु