punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाटोमा हिँड्दै गरेकी दुई महिला १९ लाख नगदसहित पक्राउ

Chaupati
safha napa

काठमाडौंको न्यूरोडमा हिँड्दै गरेकी दुई महिला स्रोत नखुलेको १९ लाख रुपैयाँसहित पक्राउ परेकी छन् ।

न्यूरोड–खिचापोखरी क्षेत्रमा सडकमा हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ बरामद भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको तार्केश्वर नगरपालिका–७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका–१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।


२३ माघ २०७७, शुक्रवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु