punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीको प्रश्न –‘चुनाव हुँदा कसरी देश संकटमा जान्छ ?’

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले अब जसरी पनि तोकिएकै समयमा देशमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौँको नारायणहिटी परिसरमा नेकपा (ओली समूह) बागमती कमिटीद्वारा आयोजित वृहत जनसभालाई सम्बोधन गर्दै उनले निर्वाचन गर्नकै लागि मिति तोकिएको बताए ।

चुनावदेखि डराएकाहरुले निर्वाचन हुँदैन भनेर हल्ला फैलाएको भन्दै उनले भने, ‘देश चुनावतर्फ गयो गयो ।’ प्रजातन्त्रमा चुनाव गर्नु सर्वोत्तम प्रणाली भएको भन्दै प्रधानमन्त्री ओलीले कसैले पनि लोकतन्त्रमाथि आँखा लगाउन नसक्ने बताए ।

काम गर्नै नसक्ने अवस्था आइसकेपछि आफूले नयाँ जनादेशमा जाने अवस्था आइलागेको बताउँदै उनले अब कसको सरकार बन्ने चुनावले फैसला गर्ने बताए ।

प्रचण्ड माधव पक्षतिर कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले चुनाव गर्दा देश कसरी संकटमा जान्छ भन्दै प्रश्न गरे । उनले चुनावबाटै लोकतन्त्र थप सुदृढ र बलियो हुने दाबी गरे । भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका नेताहरुले सम्बोधन गरेका थिए ।


२३ माघ २०७७, शुक्रवार १५:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु