punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी १६ वर्षपछि पक्राउ

Chaupati
safha napa

कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी १६ वर्षपछि पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने बर्ष ४२ को डबलबहादुर पल्ली मगरलाई घरमा लुकिछिपी बसको अवस्थामा फेलापारी पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

२०६१ सालमा देउसीभैलो खेल्नेक्रममा धनगढी उपमहानगरपालीका वडा नम्बर १४ त्रिपन गाउँका २९ वर्षीय जंगबहादुर सिजापतीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेपछि उनी फरार रहेका थिए ।

पक्राउ परेका पल्लीलाई जिल्ला अदालतबाट म्यादथप गरेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिको पनि खोजी भइरहेको छ ।


२१ माघ २०७७, बुधवार १४:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु