punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाको खोपप्रति डब्ल्यूएचओको चेतावनी

Chaupati
safha napa

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचर्ओ) ले कोरोनाको खोपलाई लिएर राष्ट्रियता देखाउन नहुने चेतावनी दिएको छ । डब्ल्युएचओका निर्देशन जनरल एडहेनोम घेब्रिसियसले कोरोनाको खोप तथा त्यस बारेमा केही देशका राष्ट्रवादी रवैयाप्रति प्रश्न उठाएका हुन् ।

‘यदि कुनै देशले भ्याक्सिन नेशनालिज्मको नीति अपनायो भने त्यसले खतरा बढाउन सक्छ । हामी यसबाट जोगिनु पर्छ । यसो भएन भने यसबाट भाइरस म्यूटेन्ट बढ्छ,’ उनले भनेका छन्, ‘स्पष्ट रुपले भन्नु पर्दा आपसी सहयोगबिना हामी यो महामारी माथि नियन्त्रण गर्न सक्दैनौं ।’

डब्ल्यूएचओका प्रमुख भन्छन् –‘खोपप्रति हाम्रा विकल्पहरु बढ्नु राम्रो कुरा हो । तर अर्कोतिर खोपको उत्पादन क्षमता अहिले सिमित छ भन्ने पनि मान्नु पर्छ । यदि संसारको जनसंख्याको एउटा भाग खोपबाट टाढा रह्यो भने त्इसले भाइरसको शक्ति बढ्छ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ । भेरिएन्ट देखिन पनि सक्छ ।’


२१ माघ २०७७, बुधवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु