punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका विपन्‍न परिवार महाकाली नदीकै भरमा

Chaupati
safha napa

कञ्चनपरको भीमदत्त नगरपालिका वडा नम्बर ९, खल्लाका नन्दा भूलको उमेर ६० वर्षबाट उकालो लागिसकेको छ।

उमेर ढल्दै गएपनि काम गर्ने जोश र जाँगर भने तन्नेरीको जस्तै छ। सखारै झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा–गिट्टी चाल्नु उनको दिनचर्या हो।

नदीको बगरमा बालुवा नचाले उनको घरको चुलोमा आगो बल्दैन। आर्थिक रूपमा विपन्न परिवारका भुलले नदीको बगरमा ५ वर्षदेखि बालुवागिट्टी चाल्दै आएकी हुन्‌।

​बालुवा – गिट्टी चालेर बिक्री गरी आएको रकमले उनले परिवारको खर्च चलाउँदै आएकी छन्‌। ब्रम्हदेव बजारबाट झण्डै ५ किलोमिटर उत्तरमा रहेको खल्ला बस्तीमा बस्दै आएकी नन्दासँग घरबासका लागि मात्रै जग्गा छ।

घरका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडाको जोहो बालुवा–गिट्टी चालेर आउने रकमले जेनतेन धानिँदै आएको छ। गाउँमा रोजगारीका लागि अरू विकल्प नरहेको उनले बताइन् । बालुवा – गिट्टी चाल्नु रहर नभएर बाध्यता हो, यसबाटै घरको खर्च चलेको रहेको उनको भनाइ छ।’

विगतमा गाउँका युवाहरू भारतमा मजदुरी गरी जीविका चलाउँदै आएका थिए। भारतमा रहेका अधिका‌श युवाहरूको रोजगारी कोरोना महामारीसँगै गुमेपछि उनीहरू घर फर्केका छन्‌।

घर फर्केपछि रोजगारी नहुँदा अधिकांश परिवारका युवादेखि बुढापाकासम्म नदीको बगरमा बालुवा– गिट्टी चाल्ने कार्यमा संलग्न हुँदै आएका छन्‌। भारतबाट फर्केका करण सार्की पनि नदीको बगरमा श्रीमतीसँगै बालुवा – गिट्टी चाल्ने काम गर्दै आएका छन्‌।

चारदेखि ५ दिनमा उनले बालुवा – गिट्टी बेचेर २ हजार रुपैयाँजति कमाउने गरेका छन्‌। विहानदेखि साँझसम्म नदीको बगरमै हुन्छौं,’ उनले भने, ‘पाँच दिनदेखि १ हप्तामा २ हजारजति कमाई हुन्छ, त्यही कमाइले घरको खाना खर्च धानिरहेको छु।’

‘बस्दै आएको ऐलानी बलौटे जग्गामा लगाएको अन्नले १ महिना समेत खान पुग्दैन। नजिकका बजारमा रोजगार पाइँदैन, बालुवा नचालेर के गर्नु । प्रतिप्रश्न गर्दै उनी भन्छन्‌, बाध्यता छ, जीवन धान्नैपर्‍यो, देशभित्र सजिलै रोजगारी पाइँदैन, आफैँले इलम गरौं भने पूँजी छैन, महाकाली नदी नै हामीहरूको जीवन धान्ने आधार भएको छ।’ नदीबाट निकालेको बालुवा प्रतिट्रली एक हजार र गिट्टी प्रतिट्रली २ हजार रुपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिए।

‘नदीको बगरमा बालुवा(गिट्टी चाल्न थालेपछि भगाउने समेत गरिन्छ,’ अनिता सार्कीले भनिन्, ‘पहिला माथिल्लो भागमा बालुवा(गिट्टी चाल्थ्यौँ, त्यहाँ चाल्न दिइएन, भगाइयो। यहाँ बाट समेत कुन दिन भगाउने हुन्‌(ठेगान छैन, ‘बालुवा(गिट्टी चालेर नबेचेपछि गुजारा चल्दैन, यो कार्य रोके पछि बिजोग नै हुन्छ, साँझ(विहानको छाक टार्न समेत मुश्किल हुन्छ।’

आर्थिक अभावका कारण अभिभावकसँगै नदीको बगरमै बालबालिका समेत बालुवा– गिट्टी चाल्ने कार्यमा खटिने गरेका छन्‌। घर खर्च चलाउन निकै अप्ठेरो परेका कारण बालबालिकालाई समेत सँगै काममा लगाउनुपरेको अधिकांश परिवारले दु ः खेसो छ।

कोरोनाको संक्रमणका कारण विद्यालय पनि सञ्चालनमा छैनन्, त्यसैले पनि विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा –गिट्टी चाल्ने कार्यमा लगाएका छौँ,’ बालुवा – गिट्टी चालिरहेकाहरू भन्छन्‌, विद्यालय सञ्चालन भएपनि कापी, कलम र पोशाक व्यवस्था गर्नेसम्म हैसियत हामीसँग छैन, विद्यालय पढ्दै गरेकाहरूलाई समेत बीचमै विद्यालय छुटाएर काममा लगाउनुपरेको छ।’ बालुवा – गिट्टी चाल्दा चाल्दै धेरै जना बिरामी भएपनि उपचार खर्च नहुँदा रोग पालेर बसिरहेका समेत उनीहरू बताउँछन्‌।

​महाकाली नदीको बगरमा बालुवा चाल्नेमा अधिकांश दलित परिवारहरू संलग्न रहेका छन्‌। बालुवा – गिट्टी चाल्ने परिवारको आर्थिक अबस्था दयनीय छ। बस्नका लागि गतिलो घर समेत छैन। अधिकांश परिवार झोपडीमा बस्दै आएका छन्‌। महाकाली नदीमा बालुवा – गिट्टी चाल्नेहरूको संख्या सय बढी छ।


१७ माघ २०७७, शनिवार १२:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु