punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमसहित यी प्रदेशमा हिमपातको सम्भावना

Chaupati
safha napa

देशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली भइ तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

हाल नेपालमा भारतको राजस्थान र आसाम तथा आसपासका क्षेत्रमा बनेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का हिमापातको संभावना रहेको छ।

यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।


१६ माघ २०७७, शुक्रवार ०९:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु