भारतसँग जोडिएका सबै सीमानाका आजदेखि खुला हुने
नेपाल सरकारले सुदूरपश्चिमका भारतसँग जोडिएका सबै सीमानाका शुक्रबार देखि खुला गरेको छ । मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जानकारी दिएको छ ।
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको मन्त्रालयले जनाएको छ ।
नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन् । तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जानकारी दिएको छ।
१६ माघ २०७७, शुक्रवार ११:२० बजे प्रकाशित































