कञ्चनपुरमा एक युवक मृत भेटिए
कञ्चनपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय लक्ष्मण दमाइको ससुराली गएका बेला मृत अबस्थामा भेटिएकाका हुन् ।
उनी वेदकोट नगरपालिका २ मा रहेका ससुराली घरको आगनमा लडिरहेको अवस्थामा भेटिएका दमाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनी सासु आमा बिरामी भएकाले श्रीमती बिनता दमाइसँगै भेटघाट गर्न गएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
९ माघ २०७७, शुक्रवार ११:०१ बजे प्रकाशित






























