३ वटा घरेलु बन्दुकसहित १ जना पक्राउ

बाजुरामा ३ वटा घरेलु बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ लालबहादुर सेजुवाल लाई प्रहरीले पक्राउ गरेको छ ।

सेजुवाललाई पक्राउ गर्दै घर नजिकैको भैसी गोठमा लुकाएको अवस्थमा ३ वटा घरेलु बन्दुक बरामद गरिएको बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजीत महराले जानकारी गराए ।

निजलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताए । प्रहरीले सोही ठाउँबाट अज्ञात जंगली जनावरको छाला समेत बरामद गरेको उनले बताए ।


७ माघ २०७७, बुधवार ११:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु