नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत मात्र
कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आर्थिक वर्ष २०७७/७८ (सन् २०२०÷२०२१)मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्याएको छ ।
यसअघि विश्व बैंकले गत चैतमा समेत यस आवमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो ।
मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर कायम हुने दावि बजेटमार्फत गरेको छ ।
विश्व बैंकका अनुसार अघिल्लो आव २०७६ / ७७ (२०१९/ २०) मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान गरेको छ । यो आवको आर्थिक वृद्धिदरबारे प्रतिवेदन भने सरकारले सार्वजनिक गरिसकेको छैन ।
विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आवमा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने छ । बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्यांक विश्व बैंकको छ ।
२२ पुस २०७७, बुधवार ११:१७ बजे प्रकाशित













