सात जना नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सात जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर १ का ईराज तामाङ, सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नम्बर १ की कविता कार्की पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यसैगरि अन्य दुई जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गणेश बहादुर रोकायको सट्टामा सन्तोष कार्की, कमल रोकायको सट्टामा ईराज तामाङ, कविता कार्कीको सट्टामा कमला शर्माले परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


१९ पुस २०७७, आइतवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु