punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु

Chaupati
safha napa

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । बिदेशमा यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको छ । र योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल नेपालीको संख्या ३ सय १५ पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जानकारी दिएको छ ।

शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएको संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाले जानकारी गराए।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने २ लाख ५३ हजार ८ सय ५७ जना कोरोनाबाट मुक्त भएका छन् ।


१९ पुस २०७७, आइतवार ११:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु