punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद विघटनबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने तयारी

Chaupati
safha napa

राष्ट्रपतिको कार्यालयले संसद विघटन गर्ने निर्णयमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने तयारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात ५ दिनभित्र पेश गर्न आदेश दिएको थियो ।

कानूनी परामर्श सकिएकाले आज दिउँसो लिखित जवाफ पेश गर्ने तयारी भएरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । त्यस्तै सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई तत्काल अनुमोदन गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन साथै मध्यावधि निर्वाचन घोषणा गरेकोविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन् । त्यसको सुनुवाई बुधवारका लागि तोकिएको थियो । बुधवार प्रधानन्याधीश जबराको एकल इजलासले त्यसलाई संवैधानिक इजलासमा पठाउने निर्णय भईरहेको छ ।


१९ पुस २०७७, आइतवार ११:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु