punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाउँमै निःशुल्क अल्ट्रासाउन्ड सेवा, स्थानीय खुशी

Chaupati
safha napa

धनगढी उप–महानगरपालिका वडा नं १८ फूलबारी कि फुलमती चौधरी शुक्रबार गर्भजाँच गर्नका फुलवारी स्वास्थ्य चौकीमा पुगिन् । गर्भजाँचका लागि यस अघि दुईपटक धनगढी पुगेकी चौधरी तेश्रो पटकको गर्भजाँचका लागि गाउँमै निअल्ट्रासाउन्ड सेवा पाएपछि खुसी दिइन् ।

गर्भजाँचका लागि धनगढी पुगेर निजी स्वास्थ्य संस्थामा चेकजाँच गर्दा खर्चिलो थियो, फुलमतीले भनिन्, ‘अव यो सेवा गाउँकै स्वास्थ्य संस्था त्यो पनि निःशुल्क पाएपछि खुसी नहुने कुरै भएन ।’ सुरुमा गर्भ जाँच गर्दा डाक्टरले बच्चा उल्टो छ भनेपछि पटकपटक गर्भजाँच गराउनु परेको चौधरीले बताइन् ।

कैलाली जिल्लाको कैलारी गाउँपालिका खरेट्टीकी बिर्मा कामीले फुलवारी स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा सुरु हुने जानकारी पाएपछि गर्भजाँच गर्न त्यहाँ पुगेको बताइन् । बच्चा कम चल्न थालेपछि चेकजाँच गर्न फुलवारी पुगेको बताउने बिक छिमेकी गाउँमै सेवा पाउनु खुसीको कुरो भएको बताउँछन् । अल्ट्रा साउन्ड गर्दा बच्चाको अवस्था ठिकै पाएको बिकले बताइन् ।

चौधरी र बिक मात्रै हाइन शुक्रबार उद्घाटन भएको दिनमै एक दर्जन भन्दा बढी गर्भवतीहरुले धनगढी उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क अल्ट्रासाउन्ड सेवाबाट गर्भ चेकजाँच गराएकी छन् । शुक्रवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले फुलवारी स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड मेसिन उद्घाटन गरेका थिए ।

‘गर्भवती महिलाले बढीभन्दा बढी सेवा लिन सकुन भनेर गाउँमा रहेको स्वास्थ्य चौकीमा निशुल्क अल्ट्रासाउन्ड सेवा संचालनमा ल्याएका हौं,’ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘यसले गर्भवतीलाई राहत मात्रै नपुगेर शिशु तथा मातृ मृत्यूदरमा कमी ल्याउने छ ।’ धनगढी उप–महानगरपालिका नगरका तीनवटा स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा स्तरोन्नति गर्न लागेको पनि नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले गाउँमा निःशुल्क रुपमा अल्ट्रासाउन्ड सेवा पाउनु गर्भवती महिलाहरुका लागि बरदान सरह भएको बताए । उनले भने, ‘ अव यहाँबाट दिईने सेवाहरुलाई गुणस्तरीय र बिश्वसनिय बनाउन सक्नुपर्छ ।’

उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले अल्ट्रासाउन्ड संचालनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएको बताए । यसले दिने सेवा विश्वसनीय हुन्छ उनले बताए ।


१७ पुस २०७७, शुक्रवार १९:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु