punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनपरी गर्न नपाएपछि ओलीले पार्टी फुटाए : रावल

Chaupati
safha napa

नेकपाको सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं प्रचण्ड–माधव समूहका नेता डा. भीम रावलले मनपरी गर्न नपाएपछि प्रधानमन्त्री ओलीले अन्तिममा पार्टी फुटाएको आरोप लगाएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश समितिको शुक्रबार धनगढीमा आयोजित चौथो बैठकलाई सम्बोधन गर्दै उनले ओलीमाथि यस्तो आरोप लगाएका हुन् । नेता रावलले प्रधानमन्त्री ओली लगातार राष्ट्रियता विरोधी गतिविधिमा लाग्न थालेपछि त्यसलाई रोक्न खोज्दा उनले पार्टी फुटाएको बताए ।

‘कामै गर्न नदिएको बाहाना गरेर ओलीले अध्यादेश ल्याएका हुन्,’ उनले भने, ‘हामीले कुन राम्रो विषयमा काम गर्न रोक्यौं ? हो बरु मनपरी तरिकाले काम जनभावनाविपरित काम गर्न भने रोकेकै हो ।’

ओलीलाई कुनै घेराबन्दीसमेत नगरेको बताउँदै रावलले भने, ‘तर एउटा कुरा निश्चित गरेका छौ, राष्ट्रियता कुल्चिने, जनविरोधी कार्यक्रम ल्याउने, कम्युनिष्ट पार्टी विरुद्धको कार्यक्रम रोक्न खोजिएकै हो। अब त्यो रोक्न खोजीपछि पार्टी नै भंग गरेपछि हामीले त्यस्तो प्रधानमन्त्रीलाई के भन्नुपर्ला ?’

विभिन्न काण्डमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएर प्रधानमन्त्री ओलीले आफ्नो असली रुप देखाएको आरोपसमेत उनले लगाए। उनले काठ तस्करी गरेको मुद्दा खेपिरहेका व्यक्तिलाई मन्त्री नियुक्त गर्नु, ७० करोड कमिसन माग्ने व्यक्ति प्रीय पात्र बन्नुले प्रधानमन्त्रीको चरित्र सबैले बुझिसकेको बताए ।

नेता रावलले प्रधानमन्त्री ओलीले विदेशी एजेण्टसँग गोप्य बार्ता गर्दै देशको स्वाधिनतामाथी आँच आउने काम गरेको आरोप पनि लगाए । दुई बर्षपछि हुने निर्वाचनलाई अगाडि नै गराउन खोजेर प्रधानमन्त्री ओलीले राष्ट्रलाई आर्थिक भार थपेको उनको भनाइ छ ।

यसैबीच नेता रावलले सुदूरपश्चिम प्रदेश समितिको बैंक खातामा रहेको पैसा झिकेको स्वीकार गरेका छन्। ‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले, हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाउने, केही रकम हाम्रो काममा खर्च भयो,’ उनले भने, ‘तर प्रदेश अध्यक्षको धम्कीले कोही पनि तर्सिनेवाला छैन।’

पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैंकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको ओली पक्षले आरोप लगाएको छ ।

नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले आफूलाई कुनै जानकारी नै नदिएर पार्टी इन्चार्ज रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ती एकलौटी रुपमा झिकिएको बताउँदै आएका छन्।


१७ पुस २०७७, शुक्रवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु