दार्चुलामा विद्यार्थीको कानको जाली फुटाउने शिक्षक पक्राउ
दार्चुलामा विद्यार्थीको कानको जाली फुटाउने शिक्षकलाई प्रहरीले पक्राउ गेको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र नमूना माविका एक शिक्षकको कुटाईबाट नौगाड गाउँपालिका–६ का कक्षा ८ मा अध्ययनरत विद्यार्थीको कानमा चोट लागेको थियो।
सोही विषयमा विद्यार्थीका अभिभावकले दिएको जाहेरीका आधारमा निज शिक्षकलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।
‘अभिभावकको जाहेरीपछि निज शिक्षकलाई पक्राउ गरि नियन्त्रणमा राखिएको छ। स्वास्थ्य रिपोर्ट अनुसार विद्यार्थीको कानको जाली फुटेको छ। सोही अनुसार कानुनी प्रक्रिया अगाडी बढ्दै गएको उनले बताए।
आज तिनै पक्राउ परेका शिक्षकको रिहाईको माग गर्दै सोही विद्यालयका अन्य विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी बिरोधप्रदर्शन गरेका छन्। उनीहरुले शिक्षकलाई तत्काल रिहा गनुपर्ने भन्दै प्रहरी कार्यालय घेराउ गरेका छन्।
१६ पुस २०७७, बिहीवार १६:०५ बजे प्रकाशित












