बैतडीका दुर्गम स्वास्थ्य संस्थामा डाक्टरकै अभाव : सेवाग्रहीहरु समस्या
दुगर्म क्षेत्रमा डाक्टर पाउन निकै मुस्कील भएको छ । बैतडीका दुईओटा प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा समेत दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राहीलाई स्वास्थ्य सेवा प्राप्तिमा समस्या भईरहेको छ । जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा स्वास्थ्य सेवा पाउन निकै मुस्कील भएको स्थानीय केशवसिंह भाटले बताए ।
अहिले मेलौली नगरपालिका मातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको पदपूर्तीका लागि आवेदन आह्वान गरेको भएपनि कोही नआएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा इसीजी, एक्सरे लगायतका सेवा सञ्चालनमा आउन नसकेका चन्दले बताउदै ‘हामीले आवेदन आह्वान गर्दा समेत कोही डाक्टर नआएको बताए । डाक्टर नहुँदा पोष्टमार्टम लगायतका काममा समस्या भएको छ ।’
त्यसैगरी पाटन प्राथमिक स्वास्थ्य केन्द्र पनि डाक्टर बिहिन भएको छ । केन्द्रमा कार्यरत डाक्टर अध्ययन बिदामा छन् भने करारमा काम गरिरहेका डाक्टर सुत्केरी बिदामा बसेपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर बिहिन भएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।
उनले भने, प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ बर्षपछि मात्रै दुई बर्ष अघि डाक्टर आएपनि पछिल्लो डेढ बर्ष यता प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन रहेको बताए । ‘तल्लोसोराडबासीको अस्पतालको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा हामीलाई निकै कष्टकर भएको छ ।
एक जना नवौं तहको बिशेषज्ञ डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा पनि नवौं तहको डाक्टर नभएको अस्पातलका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । आठौं तहका चारै जना करारमा कार्यरत रहेको र दरबन्दी एकजना पनि नभएको उनले जानकारी गराए । बिशेषज्ञ डाक्टर नहुँदा कुनै न कुनै रुपमा सेवा प्रवाहमा समस्या हुने गरेको डा. जोशीले बताए । उनले भने ‘बिशेषज्ञ डाक्टर नहुँदा कुनै न कुनै रुपमा सेवा प्रवाहमा समस्या भएको छ
१७ मंसिर २०७७, बुधवार १४:१३ बजे प्रकाशित































