punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेपत्ता व्यक्ति छानबिन आयोगको टोली बझाङमा आइ पुग्यो

Chaupati
safha napa

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ। आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको टोली बझाङ पुगेर द्वन्द्वको बेला यहाँबाट बेपत्ता पारिएका परिवारसँग भेटघाट गरेका छन।
द्वन्द्वका बेला यहाँबाट बेपत्ता भएका वा बेपत्ता पारिएका २० जनाको नाम र ठेगाना आयोगले सार्वजनिक गरेपछि पीडित परिवारले उनीहरुको छिटोछरितो खोजी तथा छानबिनका लागि आयोगसँग अनुरोध गरेका छन्।

देशभर ७७ जिल्लामध्ये ७५ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत बेपत्ताको छानबिनका लागि उजुरी दर्ता भएको र आयोगले क्षेत्र, जिल्ला एंव स्थानीय तहसमेत छुट्याइसकेको आयोगका अध्यक्ष सुवेदीले बताउनुभयो ।

अध्यक्ष सुवेदीले भने, “ स्थानीय सरकारलाई बेपत्ता व्यक्तिको विवरण पठाउँछौँ । बेपत्ता व्यक्ति घर परिवारको सम्पर्कमा आए नआएको विवरण लिएर स्थानीय तहले आयोगमा पठाइ सहयोग गर्नुपर्छ ।” उनले पछिल्लो समय धेरैजसोले सूचना नपाएर उजुरी गर्न नसकेकालाई आवश्यक कागजात तथा प्रमाण लिएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन पनि बताए ।


१७ मंसिर २०७७, बुधवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु