punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

Chaupati
safha napa

राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी आगामी पुस १५ गतेभित्रै परीक्षाफल प्रकाशित गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए।

यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि बाटो खुल्ने छ । उनले यसका लागि देशभरका शिक्षकसँगको समन्वयमा काम भइरहेको जानकारी गराए। गएको वैशाखमै सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना भाईरस संक्रमणको कारण रोकिएको थियो। परीक्षा मंगलबार मात्रै सकिएको छ।

बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ। कतिपय विषयको उत्तरपुस्तिका परीक्षणसमेत सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्नेछन्। शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने परिक्षा बोर्डले जानकारी दिएको छ ।

यस वर्ष कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। यस पटकको परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ।

साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने परिक्षा बोर्डले जनाएको छ।


१७ मंसिर २०७७, बुधवार १३:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु