punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज ३३ औँ विश्व एड्स दिवस,बिश्वभर सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

Chaupati
safha napa

आज ३३ औँ विश्व एड्स दिवस, बिश्वभर सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित आज विविध कार्यक्रम मनाइदैछ ।

कोरोना भाइरसको महामारीका कारण एचआईभी सङ्क्रमित र एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा चुनौती बढेको छ ।

सुरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाका अनुसार एचआईभी एक प्रकारको भाइरस हो । एचआईभी सङ्क्रमित व्यक्ति एड्सको अवस्थामा पुग्नका लागि दशौँ वर्ष लाग्छ । समयमै पहिचान भएर उपचार भएमा एड्सको अवस्था आउँदैन ।

एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने उनले जानकारी गराए । रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ । उनले भने ।

विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुईमार्फत ड्रग्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने डाक्टर बाँस्तोलाले जानकारी गराए ।

एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानको तथ्याङ्कले देखाएको छ । नेपाल सरकारले सन् २०१० देखि २०१९ सम्म एड्सका कारण हुने मृत्युदर ८५ प्रतिशतले घटाएको उनले जानकार गराए ।


१६ मंसिर २०७७, मंगलवार १२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु