फेरि बढ्यो सुनको मूल्य

निरन्तर घटिरहेको सुनको मूल्य नेपाली बजारमा पुनः उकालो लागेको छ ।

आइतवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९० हजार ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


१६ मंसिर २०७७, मंगलवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु