punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट डेढ लाख मुल्य बराबरको अवैध सामान बरामद

Chaupati
safha napa

कञ्चनपुरबाट डेढ लाख मुल्य बराबरको अवैध सामान प्रहरीले बरामत गरेको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ गौरीशंकर सामुदायिक वन इलाकाबाट डेढ लाख मुल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरेको हो।

भारतबाट भन्सार छलेर ल्याइएका प्याज, मैदा, सलाई, स्विट सुपारी र मोबाईल गरी १ लाख ६० हजार १ सय बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी गराए।

बरामद भएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको उनले जानकारी गराए।


१६ मंसिर २०७७, मंगलवार ११:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु